शुक्रबार, बैशाख ०७, २०८१

नेपालमा थप ७३८८मा कोरोना पुष्टि,३७ को मृत्यु,२०२१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ७३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा मात्रै २९२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा २२२, ललितपुरमा ५२२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेमा ४४०, रुपन्देहीमा ६१९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४३४१८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २०२१ जना संक्रमणमुक्त भएका छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २८६०१५ पुगेको छ । त्यसैगरी कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६२ पुगेको छ । क्वारेन्टाइनमा २१२ जना छन् भने आइसोलेसनमा ५४०४१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।