बिहिबार, बैशाख १३, २०८१

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त

काठमाडौं । सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्दैं नयाँ नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरि गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । यसअघिका दुबै प्रदेश प्रमुख माओवादी केन्द्र निकट थिए ।

यसअघि २०७६ कात्तिकमा सरकारले सातै वटा प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको थियो । त्यतिबेला प्रदेश २, गण्डकी र सुदूरपश्चिममा माओवादी केन्द्र निकटकालाई नियुक्त गरिएको थियो । तर, नेकपा विभाजन भएसँगै प्रदेश–२ का प्रदेश प्रमुख तिलक परियारलाई भने पदमुक्त गरी राजेश झालाई जिम्मेवारी दिइएको थियो ।