शुक्रबार, चैत १६, २०८०

संक्रमण नियन्त्रणमा नआएकोले ओसाका प्रान्तमा आपतकाल लम्ब्याउने तयारी

जापान । कोरोना भाईरस संक्रमण अपेक्षाकृत रुपमा नियन्त्रणमा नआएकोले ओसाका प्रान्तमा आपतकाल लम्ब्याउने तयारी गरेको छ । अप्रिल २५ बाट मे ११ सम्म् ओसाका प्रान्त सहित ४ प्रान्तमा औपचारिक रूपमा केन्द्र सरकारले आपतकाल घोषणा गरेको थियो ।

प्रान्त सरकारले केन्द्र सरकारलाई ठूला व्यावसायिक सुविधा केन्द्रहरू जस्तै डिपार्टमेन्ट स्टोर, चलचित्र थिएटर र भूमिगत व्यापारिक मलहरु, रेष्टुरेण्ट, बार, काराओके जस्ता क्षेत्र बन्द गर्न अनुरोध गरेको थियो ।

ओसाका सरकारका गर्भनर हीरोफुमी योशिमुराले कोरोना भाइरस संक्रमण अझै तिव्र रुपमा फैलिएकोले मे ११ पछि पनि आपतकालिन अवस्था बढ्न सक्ने संकेत गरेका छन् ।