शुक्रबार, बैशाख ०७, २०८१

भारतमा थप ३ लाख ७० हजारलाई कोरोना संक्रमण,३४ सय बढीको मृत्यु

भारत । दोस्रो लहरको कोरोना भाईरस संक्रमणको ‘हटस्पट’ बनेको छिमेकी मुलुक भारतमा पछिल्ला दिनहरुमा संक्रमित र मृत्युदर बढ्दै गएको छ ।

दैनिक संक्रमण वृद्धिका आधारमा विश्वभरकै अतिप्रभावित मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ७० हजार ५९ जनामा संक्रमण पुष्टि भएको छ ।यसअघि भारतमा पहिलो पटक गत शनिबार कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल  १ करोड ९९ लाख १९ हजार ७१५ जना सङ्क्रमित भएको छ ।

यस्तै  पछिल्लो २४ घण्टामा  ३४ सय २२ संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । हालसम्म भारतमा मृतक संख्या २ लाख १८ हजार ९४५ पुगेको छ ।

अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या १ करोड ६२ लाख ८१ हजार ७३८ जना पुगेको छ ।  भारतमा ३४ लाख १९ हजार ३२ जना संक्रिय संक्रमित रहेका छन्।