शुक्रबार, चैत १६, २०८०

सोमबार मध्यरातिदेखि आन्तरिक र वैशाख २२ गतेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले सोमबार मध्यरातिदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको कृषिमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

यसअघि नै कोभिड संक्रमण रोकथाम निर्देशक समितिले आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । त्यसैगरी मन्त्रिपरिषद्ले वैशाख २२ गते रातिदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय पनि गरेको छ ।