शुक्रबार, बैशाख ०७, २०८१

अमेरिकाको राष्ट्रपति ट्रमबाट राष्ट्रियताको पक्षमा नेपालले केहि सिक्ने कि ?

देशको आफ्नो पोलिसी तथा राज्यले आफ्नो देशको सुरक्षा एबम नियम तथा कार्यक्रमहरु आफ्नो देश सुहाउँदो गर्नु पर्दछ । नेपाल–भारत विचको खुल्ला सिमानाको कारण सुरक्षा,सार्वभौमिक अखण्डता आदि विषयमा दुई देशबीच मतभेद हुँदै आएको र भारतले नेपाललाई हेप्ने र सिमा मिच्ने गरेका कारण शासकको तहदेखि जनस्तरसम्म एकप्रकारको मनोवैज्ञानिक त्रास र प्रभाव परेको देखिन्छ ।
अमेरिकाका रास्ट्रपति ट्रम्मले आफुले चुनावको बेला मा यस्तै काम गर्छु म रास्ट्रपति हुन पाए भने भनेका थिए । रास्ट्रपति पनि भए । अब उनले बोलेका कुराहरु कार्यनयन न गरि सुखै छइन किनकि अमेरिकनहरुले चुनावमा ट्रम्मलाई यसै मुद्दा र विषयमा साथ दिएका हुन् । फ़ेरि के को लागि बिरोध । ट्रम्म्पबाट नेपाली नेताहरुले सिक्नु पर्द्छ कि जनतासग गरेको प्रतिबद्धता जस्तोसुकै अवस्थामा पनि पूरा गर्न आफू अगाडी बढनु पर्दछ तथापि ती प्रतिबद्धताहरु सबै सफल नै हुन्छन भन्ने पनि होइन ।
नेपालीको अहिलेको समस्याले पनि नेपालमा पनि ट्रम्म जस्ता राष्ट्रपतिको आवस्यकता रहेको छ । ट्रम्पको योजना वा निर्णयलाई नेपालको सन्र्दभमा दुई पक्षवाट हेर्न र विश्लेषण गर्न सकिन्छ । पहिलो नेपाल–भारत विचको सिमा स्तंभ जो आज भन्दा २०० वर्ष पहिले निर्माण गरिएका थिए, ति स्तंभहरु चोरिएको वा हराएको सन्दर्भमा स्थायी पर्खाल वा स्तंभ निर्माण गरी दुई देश विचको सिमानालाई व्यवस्थित गर्न नेपाल सरकार र नेपालका नेताहरुले अग्रसरता देखाउनु पर्दछ, किनकि नेपालको भूमि वर्षेनी भारतले अतिक्रमण गर्दै आएको छ । सिमाना व्यवस्थित गर्ने वा सिमानामा स्थायी संरचना निर्माण गर्ने कुरा विभिन्न क्षेत्रवाट उठि रहेको विषय हो । अमेरिकी राष्ट्रपति ट्रम्पको सिमानामा पर्खाल लगाउने निर्णय विश्व रंगमंचमा नयां होइन । जापानी साम्राज्यको सैनिक सुरक्षाको लागि चीनले निर्माण गरेको ग्रेटवाल , दोस्रो विश्वयुद्ध पछि पूर्वि जर्मनी र पश्चिम जर्मनीलाई विभाजन गर्न लगाइएको वर्लिनको पर्खाल र उत्तर कोरिया र दक्षिण कोरिया बीच लगाइएको पर्खाल वा स्तंभहरु केही उदाहरणहरु हुन जसले देशको राष्ट्रियता र सार्वभौमिक अखण्डता को रक्षाको सन्दर्भमा विशेष महत्व राख्दछन् ।
राम्रो कुरा को जहिले पनि अनुसरण गर्नु पर्दछ । हामी जतिबेला पनि नकारात्त्मक कुरा को मात्र पछि लाग्यौ जुन कुरा अहिले हाम्रो देश को लागि भाइरस भइरहेकै छ । ट्रम्पवाट सिक्नु पर्ने दोस्रो महत्वपूर्ण कुरा चुनावी घोषणापत्रको महत्वपुर्ण पालाना हो । नेपालका नेताहरुले चुनावी घोषणापत्रमा देशले धान्न नसक्ने वा पूरा हुन नसक्ने काल्पनीक कुरा गरेर जनतासंग भोट माग्ने र चुनाव जिते पछि चुनावी घोषणापत्र अनुसार जनतासंग प्रतिवद्धता व्यक्त गरेका सामान्य भन्दा सामान्य कुरा पनि पूरा गर्न नसक्ने । यो जनतासंग गरिएको झुटको खेति हो । अव सिघा जनतालाई झुट र भ्रमको खेति वन्द गरिनु पर्दछ ।
राज्यको नेतृत्व लिन या समाज लाई नेतृत्व दिन राजनितिक गरेको या राज्यको नीतिनिर्मातामा बस्ने गरेको हुनुपर्छ भन्न्ने पनि हुँदैन ब्यक्तीको योजना छ र राज्यको समस्या हरु निराकरण गर्न सक्छ भने जो पनि राज्यको नेतृत्व लिन सक्द्छ । हामीहरु पनि राजनीतिमा यस्ता मानिसको खोजी गरनु पर्द्छ। नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सफल व्यापारी हुन । एउटा व्यापारीको मुख्य उद्देश्य धन कमाउने हुन्छ । १७ महिना अघि अप्रत्यासीत रुपमा अमेरिकी राजनीतिमा प्रवेश गरेका ट्रम्पका विषयमा धेरै क्षेत्रवाट टिका टिप्पनी भए तर टिकाटिप्पनी र अनुमान अनुसार ट्रम्प प्रशासन अघि वढ्ने संकेत देखिएको छ । आप्रवासीप्रति कडा व्यवहार गर्ने ट्रम्पले अमेरिकीलाई माया गर्नेलाई अमेरिका प्रवेशमा नरम नीति लिने र इस्लामीकप्रति भने कडा हुने अभिव्यक्ति दिएका छन् । र आफ्नो राज्यको हितमा यस्ता निर्णयको आवस्यकता पनि पर्द्छ । अमेरिकी चुनावले दिएको अर्को महत्वपूर्ण सन्देश भनेको पेशवर राजनीतिकर्मि मात्र सत्ता राजनीतिका लागि उपयूक्त व्यक्ति हुन सक्दछन् भन्ने परम्परागत सोंचप्रति प्रश्नवाचक चिन्ह खडा गरेको छ । नयां सोंच, चिन्तनविना अवको राजनीति र राजनीतिकर्मीको भविश्य छैन भन्ने सन्देश पनि हो कुशल व्यापारी डोनाल्ड ट्रम्पको विजय । नेपालका नेताहरुले व्यापारी डोनाल्ड ट्रम्पवाट पाठ सिक्न जरुरी छ । ट्रम्मको कार्याकाल सफल होस सुभकामना ।

नेपाललाई बिभाजन गरनुपर्छ भन्ने सि के राउतलाई प्रहरीले समाउदा खुशी हुने हामी नेपालीको भावना को कदर गर्ने नेतृत्व चाहियको छ अहिले नेपालमा साच्चिकै भन्ने हो भने त दुई चार बर्ष क्रूर शासनको महत्त्व छ् । अहिले नेपाल मा केपि ओलि को चर्चा धेरै छ र आसा पनि बढि नै छ। नेकपा एमाले र केपि ओलिले यो जनभावनालाई कहाँ सम्म पुर्याउनु सफल हुन्छन् यो नेपालीको प्रतीक्षाको विषय बनेको छ र यो अभियान मा सम्पुर्ण नेपालीको साथ छ।