आइतबारदेखि उपत्यकामा थप कडाइ गरिने

काठमाडौं ।भोलि (आइतबार) देखि निषेधाज्ञा थप कडाइ गरिने भएको छ । बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाइ गर्ने काठमाडौं जिल्ला प्रमुख जिल्ला अधिकारी (सिडिओ) पराजुलीले बताए।शनिबार निषेधाज्ञा प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन गर्न सिडिओ पराजुली सडकमा निस्किएका थिए । अनुगमनमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका सुरक्षा अधिकारी, काठमाडौंका मेयर विद्यासुन्दर शाक्यका साथमा पराजुली अनुगमनमा निस्केका हुन्।

निषेधाज्ञाको अनुगमनमा अत्यावश्यक कामबाहेक कोही पनि घरबाहिर ननिस्किन सिडिओ पराजुलीले आग्रह गरेका छन् । उनका अनुसार कसैले अटेरी गरेको पाइए सम्झाउने, बुझाउने, होल्डिङ सेन्टरमा राख्ने र फर्काउने निर्देशन दिइएको छ ।

तर, सम्झाइबुझाइ गर्दा नमाने संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने पराजुलीले बताएका छन्। अनुगमनमा निस्केको टोलीले अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुलाई कम्तीमा १० दिन क्वारेन्टाइन वा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गर्नुपर्ने देखिएकाले खाली भवनहरूको खोजी समेत गरेको उनले बताए

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: