आगामी वर्षबाट श्रमिकको न्यूनतम् पारिश्रमिक १५ हजार पुर्‍याउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षबाट मजदुरको न्यूनतम मासिक तलब वृद्धि गरिने प्रतिवद्धता जनाएका छन् । शनिबार अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षबाट मजदूरको तलब १५ हजार रुपैयाँ पुर्याइने प्रतिवद्धता जनाएका हुन् ।

अहिले श्रमिकको न्युनतम मासिक तलब १३ हजार ४५० रहेको छ । त्यसैगरी दैनिक पारिश्रमिक पनि ५ सय १७ रुपैयाँबाट बढाएर ५ सय ७७ र प्रतिघण्टा पारिश्रमिक ६९ बाट बढाएर ७७ पुर्याइने प्रधानमन्त्रीले बताए । अघिल्लोपटक तलब पुनरावलोकन गर्न नसकिएको भन्दै प्रधानमन्त्री ओलीले यसपटक आउँदो वर्षबाट भने पारिश्रमिक बढ्ने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: