शुक्रबार, चैत १६, २०८०

विश्वमा कोरोना संक्रमितको संख्या १५ करोड ११ लाख नाघ्यो,१२ करोड ८५ लाख संक्रमणमुक्त

विश्वमा कोरोना भाइरस संक्रमणका कारण एकैदिन १५ हजार भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १५ हजार १सय २४ जनाको मृत्यु भएसंगै ३१ लाख ७९ हजार बढी पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा विश्वमा आठ लाख ९१ हजार ३ सय ३५ जनामा कोरोना भाइरस संक्रमण भएको छ । योसँगै विश्वमा हालसम्म संक्रमितको संख्या १५ करोड ११ लाख १७ हजार बढी पुगेको छ । संक्रमितमध्ये हालसम्म १२ करोड ८५ लाख १० हजार बढी निको भइसकेका छन् भने विश्वभर हाल सक्रिय संक्रमित एक करोड ८९ लाख ४४ हजार रहेका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरीकामा पछिल्लो २४ घण्टामा ५९ हजार भन्दाबढी संक्रमित थपिएका छन् भने ८७० जनाको मृत्यु भएको छ । हालसम्म अमेरीकामा ३ करोड ३० लाख ४४ हजार भन्दाबढी संक्रमित भएका छन् । यस्तै, ५ लाख ८९ हजार बढीको मृत्यु भएको छ । यसैगरी, भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ५०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप ३ लाख ८६ हजार ८२९ जनामा संक्रमण पुष्टि भएको छ ।