शुक्रबार, बैशाख ०७, २०८१

बार्सिलोना ग्रानडासँग २-१ ले गोल अन्तरले स्तब्ध, शीर्षस्थानमा उक्लने मौका गुमायो

काठमाडौं । स्पेनिस् लिग ला लिगाको उपाधि होडमा रहेको बार्सिलोना घरेलु मैदानमा ग्रानडासँग स्तब्ध बनेको छ । गएरति भएको खेलमा बार्सिलोना ग्रानडासँग २-१ ले गोल अन्तरले पराजित भएको हो ।

ग्रानाडालाई जित दिलाउनको लागि डार्विन माचिस र जर्ग मोलिनाले समान एक एक गोल गरे । बार्सिलोनाको लागि कप्तान लियोनेल मेस्सीले गरेको गोल सान्त्वना बन्यो । उनले एन्टोइन ग्रिजमनको पासमा गोल गरेका थिए ।बार्सिलोनाले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । खेलको २३ औँ मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

खेलेको ६३ औँ मिनेटमा डार्विनले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ७९ औँ मिनेटमा मोलिना गोल गर्दै ग्रानाडालाई अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल ग्रानाडाले जित्यो ।

यो हारसँगै बार्सिलोनाले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । बार्सिलोनाको ३३ खेलबाट ७१ अंक रहेको छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ७३ तथा दोस्रो स्थानमा रियल म्याड्रिडको ७१ अंक रहेपनिहेड टु हेडमा दोस्रो स्थानमा छ । बार्सिलोनालाई हराएको ग्रानडा ४५ अंक जोडेर आठौं स्थानमा रहेको छ