बिहिबार, बैशाख १३, २०८१

जापानमा कोरोना संक्रमित संख्या ५ लाख ८९ हजार नाघ्यो, एकैदिन ७८ जनाको मृत्यु

टोकियो । कोरोना भाईरस संक्रमण बढ्दै गएको जापानमा अप्रिल २९ तारिख एकैदिन करिव ६ हजार नयाँ कोभिड १९ का बिरामी थपिएका छन् । संक्रमण मात्र नभई निधनको संख्यामा पनि बृद्धि भएर बिहिबार ७८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

यद्यपी पछिल्लो २४ घण्टाको अवधिमा ३८ सय ३२ जना कोरोना भाइरसका संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयको तथ्यांक अनुसार जापानमा हालसम्मको संक्रमण संख्या ५ लाख ८९ हजार ४२ र निधन संख्या १० हजार २ सय ४ पुगेको छ ।

४७ वटै प्रिफेक्चरमा नयाँ संक्रमित पुष्टि हुँदा बिमानस्थल क्वारिन्टिनमा समेत नयाँ १४ संक्रमण भेटिएका छन् ।