जापानी दूतावास काठमाडौंद्धारा भिषा सम्वन्धि सबै सेवाहरू बन्द

काठमाडौं । जापानी दूतावास काठमाडौंले भिषा सम्वन्धि सूचना जारी गर्दै आफ्ना सबै सेवाहरू बन्द गरिएको जनाएको छ । कोरोना भाइरस संक्रमण बृद्धिपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी भएकाले अप्रिल २९ तारिखबाट अर्को सूचना जारी नभएसम्मका लागि सबै सेवा बन्द गरिएको दूतावासले जनाएको छ ।

दूतावासले अप्रिल २७ तारिख साँझ एक महत्वपूर्ण सूचना जारी गर्दै अप्रिल २९ पछि अर्को सूचना जारी नभएसम्मका लागि केवल कूटनीतिक, आधिकारिक, जापानी राष्ट्रियता वा जीवनसाथी र आपतकालीन आवेदनमाथि विचार गर्नसकिने जनाएको छ ।

यस अवधिमा भिएफएस ग्लोबलबाट हुने सबै सेवा बन्द रहने जनाउँदै दूतावासले आपतकालिन माथि उल्लेखित सेवा यो अवधिमा दूतावासको पानीपोखरी कार्यालयबाट मात्र स्वीकृत हुने स्पष्ट पारेको छ ।

दूतावासले सेवा पुन: सुरु हुनेबारे अर्को सूचना जारी गरिने जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: