शुक्रबार, चैत १६, २०८०

गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा सांसद राजिव गुरुङ, खाए सपथ ग्रहण

काठमाडौं । गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री नियुक्त भएका स्वतन्त्र सांसद दीपक मनाङे भनेर चिनिने राजिव गुरुङले सपथ ग्रहण गरेका छन् ।

विहिवार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले सपथग्रहण गराएका हुन् ।

सपथ ग्रहणमा मनाङे निलो रंगको कोट र दौरा सुरुवालमा ठाँटिएका थिए । सपथ ग्रहण कार्यक्रममा सभामुख र अन्य दलका मुख्य नेताहरु भने उपस्थित भएनन् ।