गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख नेत्रबहादुर अधिकारीले बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएका हुन् ।

बुधबारको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तय भएको थियो । तर, जनमोर्चाका प्रदेश सभा सदस्य खिम विक्रम शाही सम्पर्कविहीन बनेका थिए ।

सांसद सम्पर्कविहीन सांसद्र शाहीको खोजी गर्न माग गर्दै जनमोर्चाकी सचेतक पियारी थापाले सदनको कारबाही अघि नबढाउन माग गर्दै निवेदन दिएकी थिइन् । सो निवेदनका आधारमा बैठक स्थगित गरेको सूचना टाँस गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: