शुक्रबार, बैशाख ०७, २०८१

एनआरएनए जापानको आर्थिक अनियमितता छानबिनको लागि बनेको समितिको अवधि दोस्रो पटक थप

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आर्थिक अनियमितताको लागि बनेको उच्चस्तरीय छानबिन समितिको म्याथ दोस्रो पटक थपिएको छ । एनआरएनए जापानको आर्थिक अनियमितताको लागि बनेको उच्चस्तरीय छानबिन समितिको म्याथ दोस्रो पटक में ३१ सम्म थपिएको हो ।

पहिलो पटक सन् २०२० अक्टुबर २ मा एनआरएनए जापान सचिबालयको बैठकले एनआरएनए जापान जापानको साधारण सभामा भएको साधारण सभामा उठाइको आर्थिक बिबादको सम्बन्धमा आर्थिक हिनामिना तथा अनियमितता छानबिन गरि सत्य तथ्य प्रतिबेदन तयार गर्ने र समाधान गर्न एक उच्चस्तरीय आयोगको गठन गर्न आयोजना गरिएको थियो ।
संस्थाको वित्तीय अनियमितता र अनियमितताहरूबाट उत्पन्न समस्याहरूको स्पस्ट सत्य तथ्यको छानबिन गरि प्रतिबेदन समेत तयार गर्ने सर्बाधिकार सम्पन समिति मिति २०२० अक्टुबर २२ मा निर्णय भैई मिति २०२० नोभेम्बर ४ मा उच्चस्तरीय छानबिन समितिलाई पूर्णता पाई तत्काल यो समितिले छानबिन सुरु गरेको सबैमा बिधितै छ । एनआरएनए जापान लगायत छानबिनसंग सम्बन्धित सम्पूर्ण महानुभाबले यस उच्चस्तरीय छानबिन समितिको कामलाइ परिणाम मुखी बनाउन सकारात्मक सदभाब राखी सहयोग गर्दै आउनु भएको छ । बिगत केहि समय देखि जापानमा कोभिड-१९ संक्रमण एक्कासी बढ्दै गएको हुनाले जापान सरकारले संकटकाल घोषणा गरेको अबस्थामा हामी नेपाली समाज, समुदाय र जापानमा बोसोबास गर्दै आएका हरेक नेपालीहरुको स्वास्थ सुरक्षा अत्यन्तै संबेदनशील र प्रभावित भएको छ । यस घडीमा छानबिन समितिको काम र प्रक्रियाहरुमा पनि गम्भीर प्रभाब पर्ने गरेको साथै पछिल्लो केहि समय मा गंभिर र पेजिला विषयमा क्रमिक रुपमा जानकारीहरु पर्दै सत्य तथ्य बुझ्न अझै केहि समय लाग्ने हुन् आएको हुनाले केहि समयाबधि थप गरि छानबिन प्रक्रिया अगी बढाउने पर्ने देखिन आएको हुनाले मिति २०२१ अप्रिल ३० देखि मिति २०२१ मे ३१ सम्म दोस्रो पटक यो छानबिन समितिको समयाबधि थप गरि कार्य सम्पन्न गर्ने निर्णय भएको हुनाले सम्बन्धित सम्पूर्ण लाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको समितिका प्रवक्ताडा.बलराम श्रेष्ठले जानकारी दिनुभयो ।

समितिले उक्त निर्णयको जानकारी कुमार पन्त अध्यक्ष, गैरआवासीय नेपाली संघ, महेश श्रेष्ठ कोषाध्यक्ष, गैरआवासीय नेपाली संघ, गोबिन्द प्रसाद श्रेष्ठ (रोविन्द) संयोजक , एशिया प्यासिफिक ,गैरआबासिय नेपाली संघ र देवीलाल भण्डारी अध्यक्ष, गैरआवासीय नेपाली संघ जापानलाई बोधार्थ गराएको छ ।