भारतमा रहेका नेपालीहरुलाई कोरोना संक्रमणबाट जोगिन सावधानी अपनाउन दूतावासको आग्रह

काठमाडौं । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरुलाई कोरोना संक्रमणबाट जोगिन स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै सावधानी अपनाउन अपील गरेको छ ।

दूतावासले सूचना जारी गरी भारतका विभिन्न राज्यहरुमा महामारीको संक्रमण अत्यधिकरुपमा बढिरहेकाले अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन, भीडभाड र भेटघाटमा सामाजिक दूरी अपनाउन आग्रह गरेको हो ।

त्यसैगरी आपतकालीन अवस्थामा वा स्वास्थ्य अवस्था गम्भीर भएमा सहयोग एवं सहजीकरणका लागि दूतावासको हटलाइलाइन र इमेलमार्फत सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: