बुधबार, बैशाख १२, २०८१

देशभरका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड संक्रमण भयावह भएको भन्दै अनिश्चितकालसम्म विद्यालय बन्द गर्ने र पठनपाठन भर्चुअल माध्यमबाट गर्न निर्देशन दिने निर्णय गरेको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिएकी छन् ।

त्यस्तै बैठकले २०० संक्रमित नाघेका पहाडी जिल्लाहरूमा निषेधाज्ञा जारी गर्न जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसीलाई) अधिकार दिएको छ भने ५०० संक्रमित नाघेका सहरी जिल्लाहरूमा निषेधाज्ञा जारी गर्ने विषयमा आवश्यक निर्णय लिन डीसीसीएमसीलाई अधिकार दिइएको उनले बताइन् ।

बैठकले अन्तर्राष्ट्रिय सीमा नाकामा कडाइ गर्ने, स्वदेश आएका नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने, विदेशी नागरिकको हकमा होटलमा क्वारेन्टिनको व्यवस्था गर्ने निर्णय गरेको छ ।