शुक्रबार, बैशाख ०७, २०८१

उपत्यकामा वैशाख १६ गतेदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी

काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी कुरुवा बढीमा २ जनासम्म बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन जिल्ला प्रवेशमा रोक लगाएको छ ।