बिहिबार, बैशाख १३, २०८१

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

काठमाडौँ । त्रिभुवन विश्विविद्यालयले दोस्रो लहरको कोरोना संक्रमणको कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले पूर्वनिर्धारित,वार्षिक तथा समेस्टर प्रणालीका सम्पूर्ण परीक्षा वैशाख १४ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले विज्ञप्ति जारी गर्दै त्रिवि आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुको वार्षिक तथा समेस्टर प्रणालीका स्नातक तथा स्नातकोत्तर तहका सञ्चालित र सञ्चालन हुने प्रक्रियामा रहेका विभिन्न परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।