उपत्यकामा कम्तीका एकसाता निषेधाज्ञा जारी गर्न सिडियोहरुको प्रस्ताव

काठमाडौं । सरकारले कोभिड नियन्त्रणका लागि काठमाडौंमा एक साता निषेधाज्ञा जारी गर्ने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोनाको चेन ब्रेक गर्न एक डेढ साता निषेधाज्ञा जारी गर्न लागेको जानकारी दिएका छन् । त्यसअघि नागरिकलाई गाउँ फर्किन एक दुई दिनको समय दिने उनले बताए ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कम्तिमा दुई दिनको समय दिएर एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्न सरकारलाई प्रस्ताव गरेको हो । कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दापनि संक्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्ण रुपमा बन्द गराउन निषेधाज्ञा जारी गर्ने प्रस्ताव गरिएको उनले बताए ।

उनले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना नहुँदा संक्रमणको स्थिति गम्भीर बनेको ठहर गर्दै यस्तो निर्णय गर्नु परेको उनले बताए । आजै बेलुकासम्म यसबारे निर्णय आउने जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: