शनिबार, बैशाख ०८, २०८१

ला लिगामा शीर्षस्थानको एट्लेटिको मड्रिड पराजित

स्पेनिस ला लिगा फुटबलको शीर्ष टोली एट्लेटिको मड्रिड पछिल्लो खेलमा एथ्लेटिको विल्बाओसंग पराजित भएको छ । ३३ औ चरणको खेलमा मड्रिडले २–१ को हार भोगेको हो । उसको हारले उपाधि होडमा रहेका रियल मड्रिड, बार्सिलोना र सेभियालाई फाईदा पुगेको छ ।

बिल्वाओलाई जिताउन एलेक्स ब्रेनगुएर र मार्टिनेज स्ट्रकले गोल गरे । एट्लेटिको मड्रिडका स्टेफन साभिकले एक गोल फर्काए । हारका बावजुत एट्लेटिको ७३ अंकमा तालिकाको शीर्ष स्थानमा कायम छ । एक खेल कम खेलेको बिल्वाओ ४१ अंकमा तालिकाको १० औ स्थानमा उक्लिएको छ ।

गएराती नै बार्सिलोनाले भियारियललाई २–१ ले हराउदै दोस्रो स्थानको रियल मड्रिडसंग अंक बराबरी गरेको छ । एन्टोनियो ग्रीजमनले २ गोल गर्दै बार्सालाई पुनरागमन जित दिलाएका थिए । सेभियाले ग्रानाडालाई तथा सेल्टा डि भिगोले ओसासुनालाई समान २–१ गोल अन्तरले स्तब्ध पारे । गेटाफे भने हुएस्कासंग २–० ले स्तब्ध भयो ।