शुक्रबार, चैत १६, २०८०

एनआरएनएको सदस्य बन्न आइसीसी सदस्य ददीवल खड्काको अपिल

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसी सदस्य ददीवल खड्काले एनआरएनएको सदस्य बन्ने सार्वजनिक अपिल गर्नु भएको छ । जापानमा सफल ब्यवसायी एनआरएनए आइसीसी सदस्य खड्काले निकै चासोका साथ सदस्य बनाउन लाग्नु भएको छ ।

मातृ सन्देश डट कमसँग संक्षिप्त कुराकानी गर्नु हुँर्दै आइसीसी सदस्य खड्काले ‘कि म लाग्दिन लागेपछि परिणाम आउने गरि लाग्छु’ भन्दै सबै नेपाली दाजुभाई दिदिबहिनीलाई एक हजार तिरेर सदस्य बन्न अनुरोध गर्नु भयो ।
जापानमा सदस्य बनाउने समयसिमा आज सकिएपनि पुन: ५ दिन थप गरेको छ । एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद्को बैठकले सदस्य बन्न अपिल गर्दै समय थपिएको हो ।
एनआरएनए जापानको कार्यसमितिको शुक्रबार बसेको बैठकले आज अप्रिल २५ मा सकिने सदस्यता आह्वानलाई ५ दिन थप गरि अप्रिल ३० तारिखसम्म बढाएको थियो ।