कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन् । भारतको कुम्भ भेलामा सहभागी भएर आएका ज्ञानेन्द्र शाह र कोमल शाहलाई कोरोना संक्रमण देखिएको थियो।

संक्रमणपछि निर्मल निवासमै आइसोलेसनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिन थालेपछि शनिवार दिउँसो १ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

अस्पतालमा सहज हुने भएकाले पूर्व राजा परिवनरलाई भर्ना गरिएको संवाद सचिव फणि पाठकले बताए । शाह दम्पतीलाई बैशाख ७ गते कोरोना पुष्टि भएको थियो।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: