शनिबार, बैशाख ०८, २०८१

एनआरएनए जापानको अधिवेशन जुलाईमा हुने, सदस्य बन्ने समयसिमा ५ दिन थपियो

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्ले एनआरएनएको सदस्य बन्ने समयसिमा ५ दिन थप गरेको छ । एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद्को बैठकले सदस्य बन्न अपिल गर्दै समय थपिएको हो ।

एनआरएनए जापानको कार्यसमितिको शुक्रबार बसेको बैठकले यहि अप्रिल २५ मा सकिने सदस्यता आह्वानलाई ५ दिन थप गरि अप्रिल ३० तारिखसम्म बढाएको एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले एक विज्ञप्ति प्रकाशन गरि जानकारी दिनुभएको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले २०२१-२०२३ कार्यकालको लागि सदस्यता आह्वान गत फेब्रुवरी २५ देखि यही अप्रिल २५ सम्म २ महिनाको समयावधी तोकिएको थियो, सदस्यता आह्वान पश्चात बिभिन्न कार्यक्रम, मिडिया मार्फत जापानवासी नेपाली दाजुभाई दिदीबहिनिहरुलाई एनआरएनएको सदस्यता लिई यस अभियानमा जोडिन अपिल गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै सम्पूर्ण जापानवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई निम्न देहाय बमोजिमको जानकारी अनुसार आफ्नो सदस्यता फारम मर्न अनुरोध गरेको छ ।

१, सदस्यता बितरण बन्दा जापानको समय अनुसार अप्रिल ३० तारिक साझ ११:५९ मा हुनेछ ।
२, सदस्यता शुल्क जम्मा गरि सक्नु भएको तर सदस्यता सवमिट नभएका महानुभावहरुले पनि तोकिएको मितिभित्र सदस्यता फारम भरि सक्न गरिन्छ ।
३, सदस्यता फारम भरीसक्नु भएको तर आवश्यक कागजात समता सुल्क बुझाएको रसिद,आइडी कार्ड अपलोड नगरीएको, प्रोफाइल फोटो नमिलेको लगायतको समस्या भएका फारमलाई आवश्यक जानकारी सहित इमेल पठाइसकिएकोले उक्त मिती भित्र आफ्नो ईमेल चेक गरी सदस्यता फारम पुरा गर्न अनुरोध गरिन्छ ।

साथै क्षेत्रीय समितिको अघिबेशन में १५ देखी जुन १५ सम्म सम्पन्न गर्ने र राष्ट्रिय समन्वय परिषदको अधिबेशन जुलाई २५ मा सम्पन्न गर्ने निर्णय गरेको छ भने क्षेत्रीय समितिको नियमावली र क्षेत्रीय समिति अधिवेशन सुपरिवेक्षण तथा अनुगमन समिति गठन गरेको जनाएको छ ।
विज्ञप्ति