ओलीका कारण पार्टी विभाजनको संघारमा पुगेको एमालेका १५ नेताको आरोप

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित १५ नेताले अपील गर्दै नेकपा एमाले विभाजन र विसर्जनको डिलमा पुगेको बताएका छन् ।

७२ औँ पार्टी स्थापना दिवसका सन्दर्भमा एकताको अपील जारी गर्दै उनीहरुले पार्टी विभाजनको डिलमा पुगेको बताएका हुन् । अपीलमा भनिएको छ, ‘केपी ओलीका क्रियाकलापले पार्टीको विधान, परम्परा, सामान्य लोकतान्त्रिक मूल्यहरूको समेत धज्जी उडाएको छ । र, सयौँ सहिद, लाखौँ पार्टी सदस्य, शुभचिन्तक तथा समर्थकहरूको भावनामाथि खेलबाड गरेको छ । वैचारिकरुपमा समेत उहाँ कम्युनिष्ट आन्दोलन र इतिहासको वैज्ञानिक चेतना, श्रमजीवी वर्गका हितबाट झन् झन् टाढा पुग्दै हुुनुहुन्छ ।’

त्यसैगरी अपीलमा भनिएको छ, ‘एमालेको एकता जोगाउन सकियो भने नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिन्छ । यही अठोटका साथ ७२ वर्षको मिहेनतले निर्माण भएको कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्न सवैले आ आफ्नो ठाउँबाट प्रयास गरौं । पार्टी स्थापना दिवसको सन्दर्भमा कम्युनिष्ट पार्टीका आम नेता तथा कार्यकर्ता र समर्थक सुभचिन्तक सवैमा हामी यही हार्दिक अपिल गर्दछौं।’

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: