शुक्रबार, बैशाख ०७, २०८१

कोरोना संक्रमण रोक्न जापानले तेस्रो पटक आपतकाल घोषणा गर्ने

टोकियो । कोरोना भाइरस संक्रमणलाइ रोक्न जापानले तेस्रो पटक आपतकाल घोषणा गर्ने भएको छ । जापानी प्रधानमन्त्री सुगा योशिहिदेले अप्रिल २० तारिख मंगलबार रात राजधानी टोकियो, ओसाका, ह्योगो लगायत प्रिफेक्चरमा आपतकाल घोषणामा सरकार सकारात्मक रहेको बताएका छन् ।

प्रधानमन्त्री सुगाले देशभर कोरोना संक्रमण बढेको र यसलाई नियन्त्रण गर्न सबै उपाय अपलब्ध गरिने बताउँदै ओसाका, टोकियो, ह्योगो लगायत क्षेत्रमा संक्रमण उल्लेख्य बढेको बताउँदै सम्वन्धित प्रिफेक्चरका गर्भनरहरुको अनुरोध अनुसार सरकार आपतकाल घोषणामा परामर्शमा रहेको बताएका छन् ।

अर्को फरक प्रसंगमा प्रधानमन्त्री सुगाले आपतकाल घोषणाले ओलम्पिक उद्घाटन तथा खेललाई असर नपार्ने बताएका छन् ।

संक्रमण नियन्त्रण गरेर ओलम्पिक सुरक्षित तवरले सम्पन्न गर्ने बताउँदै प्रधानमन्त्री सुगाले खोप आपूर्ति र लगाउने कामलाई समेत तिब्रता दिइने बताएका छन् ।