बिहिबार, बैशाख ०६, २०८१

नेपालगंज उपमहानगरपालिका क्षेत्रभित्र एकसाता लकडाउन

काठमाडौं । कोरोना भाइरसबाट संक्रमितको संख्या दिनदिनै बढेपछि बाँकेको नेपालगंज उपमहानगरपालिका क्षेत्रभित्र लकडाउन घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार मध्यरातदेखि वैशाख १५ गतेसम्म लकडाउन घोषणा गरेको हो ।

मंगलबार बसेको कोरोना संकट व्यवस्थापन समिति बैठकले एक सातासम्म लकडाउन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारीलाई सुझाएको थियो । सोही सुझाव बमोजिम जिल्ला प्रशासन कार्यालयले लकडाउन घोषणा गरेको हो ।