शुक्रबार, बैशाख ०७, २०८१

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जसपाका तीन सांसद बने मन्त्री

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जनता समाजवादी पार्टीका तीनसहित चार जनालाई मन्त्री बनाएका छन् ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बनेका हुन् । मुख्यमन्त्री पोखरेलको सिफारिसमा नियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले सपथ ग्रहण गराएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रीमा सन्तोष पाण्डे नियुक्त भएका छन् ।

यसैगरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव बनेका छन् । कल्पना पाण्डे शिक्षा तथा सामाजिक, सुमन शर्मा रायमाझी भैतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त भएका छन् । यसअघि आजै नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । यी मन्त्री हुने सांसदले पनि त्यसमा हस्ताक्षर गरेका थिए ।