शुक्रबार, बैशाख ०७, २०८१

मन्त्रिपरिषद्‍को सिफारिसमा प्रतिनिधिसभाको चालु अधिवेशन १ बजेदेखि अन्त्य

काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गरेकी हुन ।
सोमबारको मन्त्रिपरिषद्‍ बैठकको सिफारिस प्रतिनिधिसभाको चालु अधिवेशन आज अपरान्ह १ बजेदेखि अन्त्य गरेको हो ।
पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरू भएको थियो ।

संसदले यसबीचमा कुनै काम गर्न नसकेपछि बजेट अधिवेशनलाई ग्याप राख्न सरकारले चालू हिउँदे अधिवेशन अन्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।