शनिबार, बैशाख ०८, २०८१

कोरोना प्रभावित शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावित शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । शहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको सरकारका प्रवक्ता पार्वत गुरुङले बताउनु भएके छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको थियो ।