कर्णाली प्रदेशबाट केपी ओलीलाई हैसियत देखाइदिएको नेता नेपाल टिप्पणी

काभ्रेपलाञ्चोक । नेकपा एमालेका नेता माधवकुमार नेपालले कर्णाली प्रदेशमा सबै दलहरूसँग मिलेर केपी शर्मा ओलीलाई हैसियत देखाइदिएको टिप्पणी गरेका छन् ।

आइतवार काभ्रेपलाञ्चोक जिल्लामा समानान्तर कमिटी घोषणा गर्दै एमालेबाट निलम्बित नेता नेपालले ओलीले विदेशीहरू र जसपाको एउटा पक्षसँग छलफल गर्ने तर आफूहरुलाई निषेध गर्ने नीति लिएपछि ‘मर्ता त क्या नही कर्ता’को अवस्थामा आफूहरू पुगेको बताए ।

‘पत्रकार महासंघको चुनावमा हाम्रा साथीहरू कांग्रेस, माओवादीसहित ११ संगठन एकातिर भएर गए । केपीको सानो गुट अर्कोतिर थियो । हामीले पत्रकार महासंघमा अरुसँग मिलेर छक्का हान्यौं, केपीका मान्छे टर्च बालेर खोज्नुपर्ने भएको छ’, नेता नेपालले भने, ‘केपीका हनुमानले माधव नेपालका मान्छेलाई एक सिट पनि नदिने भनेका थिए । हामीले तिनीहरूलाई देखाइदियौं ।’

नेपालले कर्णालीमा ‘फ्लोर क्रस’ गरेर माओवादी सरकार जोगाउने एमालेका सांसदहरूको समेत बचाउ गरे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: