शनिबार, बैशाख ०८, २०८१

नेपालमा थप १०१५ मा कोरोना संक्रमण, २६२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा आइतबार थप १०१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०१५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८४६७३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २६२ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७५३०० पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०८३ पुगेको छ। क्वारेन्टाइनमा ८५ जना छन् भने आइसोलेसनमा ६२९० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।