शुक्रबार, बैशाख ०७, २०८१

जापानको इवाते र मियागी क्षेत्रमा ५.८ म्याग्निच्युटको भूकम्प

इवाते, जापान । अप्रिल १८ तारिख आइतबार बिहान इवाते र मियागी क्षेत्रमा ४ म्याग्निच्युटको भूकम्प अनुभव गरिएको छ । जापान मेटोरोलोजिकल एजेन्सीका अनुसार इवाते प्रिफेक्चरको भूकम्पको केन्द्रबिन्दु रहेको स्थानमा ५.८ म्याग्निच्युटको  भूकम्प गएको हो ।

भूकम्प सामुन्द्रिक सहतको ५० किलोमिटर मुनिको भागमा गएको भएपनि सुनामी लगायत अन्य कुनैपनि प्राकृतिक खतरा तत्कालका लागि नरहेको एजेन्सीले जनाएको छ ।भूकम्पको कम्पन इवाते प्रिफेक्चर सहित तोहोकु, कान्तो लगायत क्षेत्रमा समेत अनुभव गरिएको थियो । कम्पन आकिता, आओमोरी, साइतामा, टोकियो, निगाता, शिजुओखा लगायत क्षेत्रमा रेकर्ड गरिएको छ ।

भूकम्पपछि जेआर इस्टले तोहोकु होक्काइदो लाइन सेवा केही मिनेट रोक्नुका साथै इवाते र मियागी क्षेत्रमा रेलसेवा करिव १० मिनेट सुरक्षा चेकजाँचका लागि राकिएको थियो । तोहोकु आणविक विद्युत उत्पादन गृहले भूकम्पबाट कुनैपनि असर नपरेको र नियमीत संचालनमा रहेको जनाएको छ ।