बिहिबार, बैशाख १३, २०८१

जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गरेकी छन् ।

राष्ट्रपतिले शनिबार दिउँसो ट्वीट गर्दै नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता पनि व्यक्त गरेकी हुन् ।