शनिबार, बैशाख ०८, २०८१

कर्णाली मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, एमालेका ४ सांसदको अन्तरघात

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशसभामा विश्वासको मत हासिल गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । योसँगै कर्णालीमा शाही नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ ।

नेकपा एमालेका सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै शाहीको पक्षमा मतदान गरेपछि सरकार जोगिएको हो । प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका हुन् ।
प्रकाश ज्वाला माधव नेपालपक्षीय एमालेको कर्णाली प्रदेशका संयोजक हुन् । उनी केही दिनअघिसम्म शाही सरकारमा अर्थमन्त्री थिए । त्यस्तै नन्दसिंह बुढा पनि प्रकाश ज्वालासँगै मन्त्री थिए ।
कालीकोटका कुर्मराज शाही र दैलेखका अम्बरबहादुर थापा भने अब मन्त्रिपरिषदमा समेटिने समझदारी भएको छ । कर्णालीमा माधव नेपाल पक्षका ९ सांसद छन् ।

विश्वासको मत को पक्षमा २२ र विपक्षमा १५ जना सांसदले मत दिएका छन् । शुक्रबारको बैठकमा ३७ जना सांसद उपस्थित थिए ।