शुक्रबार, बैशाख ०७, २०८१

कोभिड संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने काठमाडौं महानगरको निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण देखिएका महानगरभित्रका विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको छ ।

विद्यालयमा संक्रमण जोखिम कम गर्न यस्तो निर्णय गरेको महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए । पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई बढी जोखिम हुने भएकाले विद्यालय बन्द गर्न आग्रह गरिरहेका छ ।