टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानले अप्रिल १७ तारिखको दिन रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
एनआरएनए जापानले भोली अप्रिल १७ तारिखको दिन टोकियोमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो ।
रक्तदान गर्न इच्छुक जापानमा रहनुभएका दाजुभाई दिदीबहिनीहरुले सहभागी हुन अपिल गरेको छ । रक्तदान कार्यक्रम अप्रिल १७ तारिख सिन्जुकु वार्डस्थित टोकियो रेडक्रस ब्लड सेन्टरको कार्यलयमा हुने संयोजक संगिता अधिकारीले जानकारी दिनुभयो ।
गत वर्षको अक्टोबरमा तय भएको यस कार्यक्रम कोरोना संक्रमणका कारण स्थगन भएको थियो । कोरोना संक्रमण अझै निर्मुल नभता पनि अब उच्च सतर्कताका साथ कार्यक्रम गर्न लागिएको जनाईएको छ ।