शनिबार, बैशाख ०८, २०८१

अत्यन्तै अस्वभाविक ढंगले अपर तामाकोसीको काममा ढिलाइ गरियोः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा भएको ढिलासुस्ती भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

नापी विभागको अनलाइन सेवा तथा ‘मेरो कित्ता’ एपको बिहीबार सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा अस्वभाविक ढिला सुस्ती भएको भन्दै अव मान्य नहुने बताएका हुन् ।

उनले भने, ‘अत्यन्तै अस्वभाविक ढंगले अपर तामाकोसीको काममा ढिलाइ गरिएको छ । मैले यसप्रति चासो, रुचि बढाउनुपर्ने देखेको छु । त्यो ढिलासुस्ती अस्वभाविक छ ।’

उनले आफूले तीन वर्षदेखि एउटा सानो मेसिन जडान गर्न बाँकी छ भन्ने सुनेको भन्दै त्यति राख्न दिनमा प्रत्यक्ष पाँच करोड नोक्सान भइराखेको बताए । विकास निर्माणका काममा भएका ढिलासुस्तीलाई अब अनदेखा गरेर बस्न नसकिने प्रधानमन्त्रीको भनाइ छ । काममा ढिलासुस्ती, काममा व्यवधान गर्ने कुरालाई अनदेखा गरेर बस्न नसक्ने भन्दै प्रधानमन्त्रीले कसैले ढिलासुस्ती गर्छ भने त्यसबाट हुने क्षतिको पनि जिम्मा लिर्ने बताए ।

्राष्ट्रिय गौरवको आयोजना मानिएको ४५६ मेगावाट विद्युत क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङ कम्पनी तथा तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई पाएको छ । यसअघि २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति, अवरोधलाई कारण देखाइएको थियो । पछिल्लो समय कोभिड–१९ का कारण कार्ययोजना सम्पन्नमा ढिलासुस्ती भएको बताइएको छ ।