शनिबार, बैशाख ०८, २०८१

६ सय जापानी नागरिकलाई कानागावामा निःशुल्क नेपाली खाना वितरण

जापान । राजधानी टोकियोको नजिककैको सिटी योकोहामास्थित कानागावा नेपाली कम्यूनिटीले नेपाली नयाँ बर्षको अवसरमा ६ सय जापानी नागरिकहरूलाई निःशुल्क खाना खुवाएको छ ।

मंगलबार कानागावा नेपाली कम्यूनिटी जापानले नयाँ बर्षको अवसर पारेर जापान सरकारको रेखदेखमा रहेका ६ सय जापानी नागरिकहरूलाई निःशुल्क खाना खुवाएको हो ।

बिगतका वर्षहरुमा दशैं, तिहारको अवसर पारेर खुवाउदै आएपनि यसपाली कोभिड १९ को कारण नेपाली नयावर्षको अवसर पारेको कम्यूनिटीका अध्यक्ष हरी सापकोटाले जानकारी दिनुभयो ।

जापानमा नेपालीहरुको असल छबि कायम गर्नको लागि पनि यस्ता खालका कार्यक्रमको आवाश्यकता रहेको कम्यूनिटीका उपाध्यक्ष तथा एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताउनु भयो ।