शुक्रबार, बैशाख ०७, २०८१

पुरुषोत्तम सिग्देलको लोक दोहोरी गीत “पछयौरी पुरानो “सार्बजनिक

जापान । गायक तथा सर्जक पुरुषोत्तम सिग्देलको लय तथा शब्द सृजनामा मौलिक लोक दोहोरी गीत “पछयौरी पुरानो सार्बजनिक भएको छ ।
गायक टंक प्रसाद लम्साल र देबी घर्ति मगरको सुमधुर स्वरमा सजिएको उक्त गीतलाइ सागरबिराहीले संगीत संयोजन गरेका छन । मालश्री स्टुडियोमा रेकर्डिङ्ग भएको उक्त गीतको म्युजिक भिडियो चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन ।
त्यसैगरी उक्त गीतमा ओबी रायमाझी,गीता ढुङ्गाना,हिमाल जिसी,यशु भट्टराई,उज्ज्वल गिरी,संजय सिग्देल लगायतको अभिनय रहेको छ ।
पुरुषोत्तम सिग्देलको आफ्नै युटुब च्यानल मार्फत सर्बजिक भएको म्युजिक भिडियो बिशेष गरी नेपाली मौलिक लोक दोहोरी झल्काउने र मौलिकतालाई संरक्षण गर्न केहि हदसम्म भएपनि टेवा पुग्ने बिश्वास रहेको कुरा सिग्देलले बताए ।

हेर्नुहोस म्युजिक भिडियो