बिहिबार, बैशाख १३, २०८१

पत्रकार महासंघको अध्यक्षमा पोखरेल तीन हजार मतान्तरले प्यानलसहित निर्वाचित

काठमाडौं । पहिलो पटक प्रत्यक्ष निर्वाचन गरेको नेपाल पत्रकार महासंघको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
निर्वाचन समितिका अनुसार महासंघको अध्यक्षमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेल तीन हजार मतान्तरले प्यानलसहित निर्वाचित भएका छन् ।

पोखरेलले ६ हजार ९४२ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्धन्द्धी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९१५ मत प्राप्त गरेकी छन् । अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथोकीले ६९१ मत प्राप्त गरेका छन् ।
अन्तिम परिणाम