प्रचण्डलाई देउवाको कटाक्ष ‘खुट्टै नटेक्ने मान्छे ओलीले लात हानेपछि ठीक भएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पटकपटक प्रधानमन्त्री बनाउन खोजे पनि नसकिएको बताए ।
काठमाडौंमा आज भएको निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा देउवाले ‘प्रचण्डलाई धेरैपटक प्रधानमन्त्री बनाउन खोजेको तर खुट्टै नटेक्ने मान्छे, ओलीले लात हानेपछि ठिक भएको छ ।
प्रचण्डले त्यसबेला केपी शर्मा ओलीलाई साथ दिएकोसमेत देउवाले बताएका छन् । देउवाले २०७४ सालको निर्वाचनपछि प्रचण्डलाई पटकपटक प्रधानमन्त्री बन्न भनेको बताए ।

ओलीलाई हटाउन खोजे पनि संख्या नपुगेको देउवाको भनाई छ । आफू प्रधानमन्त्री हुन नचाहेको र संख्या नपुग्ने खेलमा नलाग्ने पनि देउवाले बताए । जसलाई प्रधानमन्त्री बनाए पनि आफू तयार रहेको देउवाको भनाई छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: