सर्वोच्चमा सुवेदीको नियुक्ति र छनोट प्रकृया संविधानको भावना र मर्म विपरीतः सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत वार एसोसिएसनले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका नहकुल सुवेदीको नियुक्ति र छनोट प्रकृया गलत रहेको बताएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरेर सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले न्यायाधीश सुवेदीको सर्वोच्चको न्यायाधीश हुन योग्यता नपुगेको दावी गरेका हुन् । सुवेदीको हकमा उच्च अदालतमा न्यायाधीशको रुपमा ५ वर्ष काम नगरेको तथा राजनीतिक रुपमा नियुक्त गरिएको भन्दै उनले आपत्ति जनाए । शाक्यले यसबारे न्यायपरिषद र संसदीय सुनुवाइका सभापतिको ध्यानाकर्षण गरिसकेको समेत जानकारी दिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: