गृहमन्त्री थापा माओवादी केन्द्रबाट निस्कासन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरी नेकपा एमालेमा गएका गृहमन्त्री रामबहादुर थापालाई कारबाही गरेको छ ।

माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई पत्र पठाउँदै थापालाई दलबाट हटाएको र उनी माओवादी केन्द्रको सांसद नरहेको जानकारी गराएको हो । गृहमन्त्री थापा माओवादीका तर्फबाट राष्ट्रिय सभा सदस्य थिए ।

यसअघि माओवादीले दल त्याग गरेको भन्दै चार जना प्रतिनिधिसभा सदस्य र तीन जना प्रदेशसभा सदस्यलाई कारबाही गरिसकेको छ ।

माओवादीले एमालेमा प्रवेश गरेका ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री, प्रभु साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम तथा रोजगार गौरीशंकर चौधरीलाई पनि कारबाही गर्दै पदमुक्त गरेको थियो । त्यस्तै माओवादीले एमालेमा प्रवेश गरेका प्रदेश १ का प्रदेश १ र लुम्बिनी प्रदेशका दुई प्रदेश सभा सदस्यलाई पनि पदमुक्त गरेको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: