बिहिबार, बैशाख ०६, २०८१

सञ्चार महामार्ग निर्माणमा जुट्न सांसदहरुलाई सञ्चारमन्त्री गुरुङको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चार महामार्ग निर्माणको काममा जुट्न सांसदहरुलाई आग्रह गरेका छन् ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले आजको युुगमा सञ्चार संसार भएको उल्लेख गर्दै त्यसको विकासमा तीन वटै तहका जनप्रतिनिधिहरुले ध्यानुपर्ने पनि स्पष्ट पार्नु भएके छ ।
‘सडक बन्यो, विद्युत बन्यो, अव सांसदहरुको ध्यान टेलिफोन, इन्टरनेटसहित दूरसञ्चार सेवाको विकास हुने गरी सञ्चार महामार्ग निर्माणमा जानुपर्दछ,’ काठमाडौंमा आयोजित कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका संघीय सांसदहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने ‘सञ्चार संसार भएकाले त्यसको विकासको माध्यामबाट मुलुकलाई समृद्ध बनाउन सबैले ध्यान दिन जरुरी छ ।
मन्त्री गुरुङले आम उपभोक्ताको गुनासो तत्काल सम्बोधन हुने गरी इन्टरनेट सेवा संचालनमा ल्याउन दूर सञ्चार सेवा प्रदायक संस्थाहरुलाई सचेत गराएका छन् ।

आम उपभोक्ताको गुनासो आउने गरेको उल्लेख गर्दै मन्त्री गुरुङले दूर सञ्चार सेवालाई सस्तो र गुणस्तरीय बनाउन सरकारले संघीय संसदका सांसदहरुसँग परामर्श लिएको स्पष्ट पारेका छन् ।

मन्त्री गुरुङले भने ‘टावर छ काम गर्दैन, इन्टरनेट छ तर इमेल चलाउन सकिँदैन भन्ने गुनासो नआउने गरी दूरसञ्चार क्षेत्रको पूर्वाधार विकासमा लागिपर्न सरकारले स्थानीय तहका जनप्रतिनिधिहरुसँग पनि छलफल गर्न चाहेको हो ।

सञ्चार मन्त्रालयले अन्य प्रदेशका सांसदहरुसँग पनि दूरसञ्चार क्षेत्रको पूर्वाधार विकासका लागि छलफल गरेको थियो ।