शनिबार, बैशाख ०८, २०८१

प्यूठानको गौमुखीमा गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

प्यूठान । प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । बुधबार बिहान करीब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनका सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीया छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए । घरमा अभिभावक नभएको बेला आगलागी भएको उनको भनाइ छ ।

अहिले प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यलय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।