बिहिबार, बैशाख १३, २०८१

एमाले नेपाल समूहद्धारा शाक्यको नेतृत्वमा बागमती प्रदेश समानान्तर कमिटी घोषणा

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट बन्दै समानान्तर गतिविधि गर्दै आएको खनाल–नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो । जसमा १० जना पछि पछि मनोनयन गरिने बताइएको छ ।

समानान्तर कमिटीको सह संयोजकमा केदार न्यौपाने, अरुण नेपाल र पशुपति चौलागाई रहेका छन् । यस्तै सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन् ।

काठमाडौंको बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा आयोजित समानान्तर कमिटी घोषणा कार्यक्रममा बाल्दै वरिष्ठ नेता माधव कुमार नेपालले ओली निरंकुश बन्दै गएको आरोप लगाए ।