बिहिबार, बैशाख १३, २०८१

माओवादी केन्द्रको कोटाका चार मन्त्रीलाई कारवाही, पार्टीबाट निष्काशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी त्यागेको करिव एक महिनापछि मन्त्रीहरुलाई कारवाही गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू साह, र गौरीशंकर चौधरीलाई पार्टीबाट कारबाही गर्दै संसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएको हो ।

उर्जामन्त्री रहेका रायमाझी अर्घाखाँची-१, उद्योगमन्त्री रहेका भट्ट कैलाली-४, शहरी विकासमन्त्री रहेका साह रौतहट–३ र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका चौधरी कैलाली-३ बाट निर्वाचित भएका थिए ।

माओवादी केन्द्रले पार्टी र संसदीय दलबाट गरेको निर्णय तथा संसद सचिवालयलाई पठाएको पत्रमा कारबाही गर्नका कारण उल्लेख गरेको छ।

त्यसमा मुख्यतया दुई कारण उल्लेख छन् । पहिलो नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट प्रतिनिधि सभा र राजनीतिक दलको प्रतिनिधित्व गर्नुपर्नेमा अन्य दल नेपाल कम्युनिष्ट पार्टी(एमाल) को राजनीतिक गतिविधिमा संलग्न भएको बताइएको छ ।

दोस्रो, स्पष्टीकरण माग गरी मन्त्रिपरिषद्‌बाट समेत फिर्ता आउनु भनी निर्देशन दिइएकोमा तोकिएको समयभित्र स्पष्टीकरण नदिएको उल्लेख गरिएको छ ।