मङ्गलबार, बैशाख ०४, २०८१

आयल निगमद्वारा पेट्रोलियम पदार्थको पुनः मूल्य बृद्धि, पेट्रोल प्रतिलिटर १२०, डिजेल तथा मट्टितेलको १०३ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँले बृद्धि गरेको छ ।

नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १२० र डिजेल तथा मट्टितेलको १०३ रुपैयाँ पुगेको छ । त्यस्तै, हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य हाललाई यथावत राखिएको निगमले बताएको छ । यसअघि निगमले चैत ३ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। निगमले फागुन १७ गते, फागुन ४ तथा माघ ६ र २८ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।