शुक्रबार, चैत १६, २०८०

एसिड तथा तेजाव किन्नु सात दिनअघि जानकारी गराउन गृहमन्त्रालयको निर्देशन

एसिड प्रहारका घटनाहरु तीब्र हुन थालेपछि गृह मन्त्रालयलले एसिड तथा तेजाव लगायतका केमिकल खरिदसहित प्रकृयालाई कडाई गर्ने भएको छ।

अबदेखि कुनै पनि उद्योग, कारखानामा आवश्यक पर्ने यस्ता केमिकल खरिद गर्दा सात दिन अगाडि नै मन्त्रालयमा परिमाणसहितको जानकारी दिनुपर्ने निर्देशन गृह मन्त्रालयले जारी गरेको छ। त्यसका लागि मन्त्रायलयले निश्चित ढाँचा समेत तोकेको छ।